फाइल फाेटाे

ब्रेकिङ स्टोरी

‘बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउ भन्नु माओवादीलाई जिस्क्याउनु’

By खबरहब

March 05, 2023

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशको आलोचना गरेका छन् ।

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए हुन् ।

उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृत्ति हाबी भएको आरोपसमेत लगाए। उनले यसको विरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता मुद्दाहरूमा माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरूमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

उनले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्नेमा जोड दिएका छन् ।