फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

By खबरहब

March 05, 2023

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको हो।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले विश्वासको मत दिएका हुन्। प्रदेश सभामा उपस्थित ५२ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खस्दा विपक्षमा ११ मत खसेको हो।

 एमालेका १० र  राप्रपाका एक जना सांसदले विश्वासको मत दिएनन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् ।