समाचार

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सुरु हुने

By खबरहब

March 05, 2023

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।