समाचार

शरदविरुद्ध पत्नी निशाले हालिन् मुद्दा

By खबरहब

March 05, 2023

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट परेको छ । निशाले शरदविरुद्ध अदालतमा समेत मुद्धा दिएको पाइएको छ ।

गत भदौ २८ गते निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध मुद्दा दायर गरेकी थिइन । उक्त अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् ।