समाचार

चिस्यान घर बनेपछि केरा किसानलाई सहज

By खबरहब

March 05, 2023

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर सञ्चालनमा आएको हो ।

चिस्यान घर सञ्चालनमा आएपछि भीमदत्त–३, ६, ७, ८, ९ र १० का करिब डेढ सय केरा किसान लाभान्वित भएको खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण साउदले जानकारी दिए ।

“कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ”, साउदले भने, “चिस्यान घर नहुँदा यहाँका केरा किसानलाई समस्या हुने गरेको थियो ।” उनले उक्त चिस्यान घरमा दैनिक तीन हजार पाँच सय दर्जन केरा राख्न सकिने बताए ।

“अहिलेसम्म बिचौलियाहरूले एकलौटी रूपमा किसानको केरा उठाउँदै आएका छन्”, उनले भने, “गाउँमै सञ्चालनमा आएको चिस्यान घरले यहाँका किसानलाई राहत मिल्नेछ ।”