ब्रेकिङ स्टोरी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌‌मा पेस गर्ने नौ दलको निर्णय

By खबरहब

March 05, 2023

काठमाडौं । सर्वोच्चको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌‌मा पेस गर्ने नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्ने निष्कर्ष निकालेको हो ।

गठबन्नधले पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय समेत गरेको छ ।

निर्णयमा भनिएको छ, ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’