राजनीति

लोसपाले मनायो होली पर्व

By खबरहब

March 05, 2023

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ ।

लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्र झाले जानकारी दिए । होली पर्वको पूर्वसन्ध्यामा नेताहरूले काठमाडौँमा होली मनाएका हुन् ।

यस वर्षको होली पर्व सोमबार पहाडमा र तराईमा आगामी मङ्गलबार मनाइनेछ । कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसहित उल्लेख्य सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो ।

यसअघि होली पर्वको पूर्वसन्ध्यामा मिथिला संस्कृति समाजले शनिबार माइतीघर मण्डलामा फगुवा उत्सव आयोजना गरेको थियो ।