अन्तर्वार्ता

देश विकासका लागि बौद्धिक अनुसन्धान आवश्यक छ

By खबरहब

April 05, 2023

मंसिर ४ को निर्वाचनपछि पुस १० गते निर्माण भएको सरकारले सय दिन पूरा गरेको छ। यो बीचमा सात पटक मन्त्रिपरिषद् विस्तार भएको छ। प्रधानमन्त्री सत्ता साझेदार राजनीतिक दलहरूको चित्त बुझाउनको निमित्त आफ्ना ऊर्जाहरू खर्च गरिरहेका छन्। सरकारले जनताको चित्त बुझाउने गरी काम कहिले गर्न सुरु गर्ने ? यस विषयमा आधारित रहेर द्वन्द्वविद् अनुसन्धानकर्ता डा. विष्णुराज उप्रेतीसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

अहिले भइरहेको राजनीति वा सरकार कुन ढंगले अगाडि बढेको छ ? द्वन्द्व र सशस्त्र द्वन्द्वपछि देश निर्माण प्रक्रियाको अध्ययन गर्दा पाएको कुरा भने कुनै पनि सरकार प्रभावकारी नहुनु मुलत चार वटा कुराले निर्धारण गर्ने रहेछ। सुरुमा कस्ता पात्रले कार्य गर्ने, पात्रहरूको संरक्षण गर्ने प्रणाली कस्तो छ, राज्यका कार्यान्वयनका प्रक्रियामा के कस्ता कार्य भएका छन् भन्ने विषयको परिवेश आन्तरिक र बाह्य रहेको हुन्छ। अहिलेको सरकार प्रभावकारी रहेको छैन। जनताले पनि देशको प्रधानमन्त्रीप्रति नै विश्वास नै नरहेको अवस्था छ। देशको प्रणाली तथा नीतिलाई कार्यान्वयन गर्ने वातावरण नै नरहेको अवस्था छ। कर्मचारीतन्त्र पनि सहज भएर नरहेको छ। रणनीति नै ठिक रहेको छैन। माथिल्लो पक्षमा रहेका नेतालाई पदमा जाँदा अन्य नेताको चाकरी गर्दा नै ठिक हुने रहेछ। प्रविधिको कारण १–२ महिनामा समाधान हुने कुरामा अड्किएर बस्नु हुँदैन। कर्मचारीतन्त्रले सुधार हुनै नदिएको अवस्था छ।

खासमा जनादेशले के कस्तो कार्यलाई जनाउँछ ? जनआदेशलाई दुई वटा कुराले फरक पार्ने रहेछ। हाम्रो संविधान र कानुनले देशलाई सुरक्षित गरेको छ। जनादेश भनेको एउटा पार्टीलाई छान्न पाउनु पर्ने हो। पार्टीको क्षेत्रमा सिंगो सम्पूर्ण पार्टीले प्रतिस्पर्धा गर्नु हो। निर्वाचन भन्दा अगाडि नै गठबन्धन बनाइ दिएपछि जनादेश पनि कसरी मान्ने हो ? यो गम्भीर सवाल छ। गठबन्धनले पनि सिद्धान्त मिल्ने, विधि मिल्ने खालको हुनु जरुरी रहन्छ। निर्वाचन प्रणाली नै सर्वमान्य नरहेको छ। विभिन्न पदको आधारमा पनि धेरै प्रक्रियाको सकारात्मक रूपमा विकास कार्यतर्फ प्रोत्साहन गराउन सक्नुपर्ने हुन्छ। हामीले सुधार गर्छु भनेर बोलेका पक्षलाई कम्तीमा पूरा गर्नुपर्छ।

देशको विकासको लागि समस्या कहाँ छ र त्यसबाट सच्चिने बिन्दु कहाँबाट सुरु गर्ने ? एउटा विषयको अध्ययनमा मैले पढेको थिएँ, मृत्युबाहेक अन्य विकल्प हुन्छन्। त्यसमा निरन्तरता दिनु आवश्यक रहेको छ। विकल्प हामीले खोज्नु पर्ने हुन्छ। कार्य तथा हाम्रा अपेक्षा पुरा भएका छैनन्। आम रूपमा समाजमा जागेको सचेतना र धर्म सांस्कृतिको कार्यमा प्रोत्साहित रहन अति आवश्यक रहेको छ। जीविका मुखी अर्थतन्त्र रहेको कारण र नुनबाहेक अरु चिज बाहिरबाट नल्याए पनि बाच्ने सक्ने क्षमता भएको देश हो। त्यो अहिले हराएको तथा बिलाएको छ। यो विषयलेसमेत राजनीतिक वृत्तमा छलफल पाउनुपर्छ।

यो सत्ता समीकरणले काम गर्न सक्ने। यो फेरिएमा उपयुक्त होला ? समीकरण फेरिएर मात्र उपयुक्त हुने भन्ने हुँदैन। यो ५ वर्ष देशमा स्थिरता र आर्थिक समृद्धि कसरी गर्ने भन्ने मान्यता त्यसमा आधारभूत सिद्धान्तमा सहमति बनाएर कार्यान्वयन गर्ने कस्तो खालको संयन्त्र चाहिन्छ भन्ने आधारमा गयो भने देशमा परिवर्तन हुन्छ जस्तो लाग्छ। देशको लागि बौद्धिक विचार राख्नु अति जरुरी रहेको छ। देशको विकासका लागि अध्ययन अनुसन्धानको मार्ग अपनाउनुपर्ने हुन्छ। हामीलाई सशक्त रूपमा चिन्तन मनन गर्ने सही मार्ग रहनुपर्ने हुन्छ। देशमा परिवर्तन भने चाहिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम