अपराध

प्रहरीद्वारा सोफि मदिरासहित स्कारपियो गाडी नियन्त्रण

By खबरहब

April 05, 2023

काठमाडौँ– सिरहाको सिरहा नगरपालिका १७ लच्काबाट हिजो करिब १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त मदिरा फेला पारेको हो । 

नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ ।