सांकेतिक तस्बिर

अपराध

बसपार्कमा डिजेल चोर्ने गिरोह पक्राउ

By खबरहब

April 05, 2023

दाङ– दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नवीन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

ना४ख ६४९५ नम्बरको बसबाट आज बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०-३० लिटरका दुईवटा ग्यालीन र डिजेल बोक्न प्रयोग गरिने ना ४ च ५७८७ नम्बरको जीपसमेत प्रहरीले बरामद गरेको छ ।