सांकेतिक तस्वीर

देश/प्रदेश

जिपको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु

By खबरहब

April 05, 2023

बैतडी– बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला आज ४ बजेतिर ठक्कर दिएको खत्रीले बताए । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको हो । 

जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।