सांकेतिक तस्बिर

अपराध

सालकको खपटासहित दुई जना पक्राउ

By खबरहब

April 05, 2023

काठमाडौँ- भक्तपुरको चाँगुनारायण नगरपालिका २ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपटासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका २ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ घर भएका २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ८४९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त तौलको खपटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।