फाइल फोटो

खेलकुद

शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै

By खबरहब

May 05, 2023

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सीमित रहेको छ ।

यसैगरी, दशरथ रङ्गशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भए पछि उक्त खेल रङ्गशालमा हुन लागेको हो । 

पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अंकसहित दशौँ स्थानमा छ ।