फाइल फोटो

राजनीति

बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख परियार 

By खबरहब

May 05, 2023

कर्णाली– कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीसहित सम्पूर्ण कर्णालीवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले बुद्ध दर्शनले अहिंसा, सद्भाव, मानव कल्याण र मानिस जातिकै जीवनमा शान्तिको बाटो देखाएकाले हरेकले बुद्ध वचन पछ्याउनुपर्ने बताएका छन् ।

उनले बुद्ध दर्शनलाई आत्मसात गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन सबैमा हार्दिक अपिल गरेका छन् ।

‘यस अवसरमा सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस्’, उनले भनेका छन् ।