ब्रेकिङ स्टोरी

सङ्खुवासभा हेलिकप्टर दुर्घटना : दुई जना घाइते, एकको सकुशल उद्धार

By खबरहब

May 05, 2023

संखुवासभा– सङ्खुवासभामा शुक्रबार दिउँसो भएको  हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना घाइते भएका छन् ।

अरुण तेस्रो जलविद्युत परियाेजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र एक जना स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । सो दुर्घटनामा दुई जना घाइते भए पनि हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।