ब्रेकिङ स्टोरी

सङ्खुवासभा हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो

By खबरहब

May 05, 2023

काठमाडौँ– सङ्खुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँमा ल्याइएको हो ।