धर्म / संस्कृति

सडकमा उभौली मनाएर कोशी प्रदेशको विरोध

By खबरहब

May 05, 2023

काठमाडौँ- कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले सडकमा नै उभौली पर्व मनाएका छन् ।

१ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोध गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ ।

कोशी प्रदेशको नाम पहिचानका आधार नभए मुलुकभर नै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म सडकमा नै नाँचगान गरेका थिए ।