तस्वीर- आईबिए

खेलकुद

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज पराजित

By खबरहब

May 05, 2023

काठमाडौँ- उज्वेकिस्तानको तास्कन्द सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ  जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन् । यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ ।