ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे सदनलाई जानकारी

By खबरहब

June 05, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चार दिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन्।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले सात वटा दस्ताबेजमा हस्ताक्षर भएको जानकारी गराए। रेलमार्गबाट पारवहन सुरु गरिएको पनि उनले बताए।

प्रतिनिधिसभा आजको बैठक बैठक पनि सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए। आफूले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिने भए पछि उनीहरुले आशन ग्रहण गरेका थिए।

आइतबार प्रधानमन्त्रीको जवाफ माग गर्दै एमाले, रास्वपा र राप्रपाले सदन अवरुद्ध गरेका थिए।