ब्रेकिङ स्टोरी

नागरिकता विधेयकमा विवाद छैन : प्रधानमन्त्री

By खबरहब

June 05, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए । 

नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरूप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसद्‌मा विवाद गर्नु आवश्यक नरहेको बताए ।