ब्रेकिङ स्टोरी

भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री

By खबरहब

June 05, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् । 

अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको बताए । 

बरु इन्दौर र उज्जैनमा भने भव्य रुपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए ।