फाइल तस्वीर

राजनीति

प्रतिनिधिसभा बैठक : बजेटमाथि सामान्य छलफल प्रारम्भ

By खबरहब

June 05, 2023

काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा महतले यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गरेका थिए ।