सांकेतिक तस्बिर

देश/प्रदेश

बेपत्ता मजदुर मृत भेटिए

By खबरहब

July 05, 2023

बागलुङ– बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।

गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए ।

उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।