देश/प्रदेश

‘मैथिली महाकवि विद्यापतिलाई पहाडसँग जोडनु पर्छ’

By खबरहब

July 05, 2023

सर्लाही– नेकपा एमालेका सचिव योगेश भट्टराईले मैथिली महाकवि विद्यापतिको योगदानबारे सबै नेपालीले बुझ्न आवश्यक रहेको बताएका छन् । 

सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्वबारे जानकारी दिनुपर्ने बताएका हुन् । ।

उनले भने, ‘मैथिली भाषामा महाकवि विद्यापतिको ठूलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।’ उनले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने बताए ।

हरिवन नगरपालिकाको ८ नम्बर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको सालिक अनावरण गर्दै विद्यापतिको सालिक पनि अनावरण गर्न पाएको भए आफू अझ प्रफुल्लित हुने बताए ।

उनले नेपाल बहुभाषिक र बहुजातीय फूलबारी भएकाले मधेशको बारेमा पहाडमा र पहाडको बारेमा मधेशमा पर्याप्त जानकारी हुनुपर्ने उनको भनाइ छ ।