फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

By खबरहब

July 05, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरुद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै एमालेले दलका तर्फबाट विरोध जनाउन लागेको हो । एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक दुवैमा यो विषयलाई सशक्त रुपमा उठाउने तयारी गरेको छ ।