प्रतिकात्मक तस्वीर

देश/प्रदेश

चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

By खबरहब

July 05, 2023

झापा– झापाको गौरीगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलम र १६ वर्षीय मनिजुर आलम घाइते भएका छन् । घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको छ ।