देश/प्रदेश

लुम्बिनी प्रदेशसभा भवनमा आगलागी, १० मिनेटका लागि बैठक स्थगित

By खबरहब

July 05, 2023

काठमाडौँ- लुम्बिनी प्रदेशसभा भवनमा आगलागी भएको छ । भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।

बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो ।