ब्रेकिङ स्टोरी

एमालेको निष्कर्ष- प्रधानमन्त्री प्रचण्डले जनादेशको अपमान गरे, पदमा बसिरहने आधार पनि गुमाए

By खबरहब

July 05, 2023

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक आधार गुमाएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए ।

उनले मुलुकको प्रधानमन्त्रीको विषय व्यक्तिगत नभएर देशको स्वाभिमानसँग जोडिएको भएकाले दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको उल्लेख गरे ।

यसकारण प्रधानमन्त्रीले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाको उनको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिको संसदबाट कडा रुपमा आवाज उठाउने बर्तौलाले बताए ।