ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : अध्यक्ष ओली

By खबरहब

July 05, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनीय र आपत्तीजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।