अन्तर्राष्ट्रिय

थाइल्याण्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु

By खबरहब

August 05, 2023

बैंकक– थाइल्याण्डमा रेल दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ।

दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।