देश/प्रदेश

भारतको उत्तराखण्डमा पहिरोमा परेर ११ नेपाली बेपत्ता भएको घटना दुःखद : कांग्रेस

By खबरहब

August 05, 2023

काठमाडौँ- नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएकोमा दुःख व्यक्त गरेको छ ।

बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको भन्दै कांग्रेसले पीडितका परिवारजनप्रति संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात उनीहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग पनि गरेको छ ।