ब्रेकिङ स्टोरी

बागमती प्रदेशमा कांग्रेसका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

By खबरहब

September 05, 2023

काठमाडौँ- बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को (१) बाट निर्वाचित भएका थिए ।

संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका काफ्लेले दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनु परेको कुरा उल्लेख गरेका छन् ।