ब्रेकिङ स्टोरी

‘सरकारी खर्च जोगाउन तारे होटल होइन, चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम राखौँ’

By खबरहब

September 05, 2023

काठमाडौँ- संघीय संसद सचिवालयले तारे होटलमा आयोजना गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले प्रश्न उठाएका छन् ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्नेबारे चर्चा भइरहेको सन्दर्भमा संसद सचिवालयले तारे होटलमा कार्यक्रम आयोजना गर्ने गरेको भन्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रश्न उठाएका हुन् ।

संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ? भनी प्रश्न गरेका उनले सरकारी खर्च जोगाउन तारे होटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

बैठकमा उनले तारे होटलमा नभएर अन्यत्रै भएपनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने उल्लेख गरे ।