ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान

By खबरहब

September 05, 2023

काठमाडौँ- सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

उनले महाराजगञ्जस्थित ब्युरो पुगेर उनले बयान दिएका हुन् । सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको सीआईबीले यस प्रकरणमा संलग्नसँग दिपेशको सम्पर्क देखिएकाले बयान लिएको हो ।

गत साउन ३ मा ब्रेक सुमा हङहङबाट लुकाएर ल्याइएको सुन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको थियो । यस प्रकरणमा हालसम्म २६ जना पक्राउ परिसकेका छन् ।