फाइल तस्वीर

राजनीति

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनले अराजक अभिव्यक्ति दिए, यसरी देश चल्दैन : नेता कोइराला

By खबरहब

September 05, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अराजक अभिव्यक्ति दिएको बताएका छन् ।

मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अराजक अभिव्यक्तिले देश चल्न नसक्ने बताए ।

कार्यक्रममा उनले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको बताउँदै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।

उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि आग्रह गरे ।