आर्थिक

मंगलबार पनि सेयर बजार ओरालो

By खबरहब

September 05, 2023

काठमाडौँ- सेयर बजार मंगलबार पनि ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ विन्दुमा कायम भएको छ ।

यस दिन ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।