फाइल फोटो

राजनीति

छिमेकी देशहरुसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ : सभापति देउवा

By खबरहब

September 05, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले छिमेकी देशहरुसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेकोसमेत बताए ।

त्यस्तै, सभापति देउवाले सरकार र कर्मचारीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने भन्दै मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने धारणा राखे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सुनाए ।