देश/प्रदेश

दार्चुलाको लेकममा गौरा मनाउन भदौ २१ र २२ गते बिदा दिन मुख्यमन्त्रीलाई पत्राचार

By खबरहब

September 05, 2023

काठमाडौँ- दार्चुलाको लेकम गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक बिदा कायम गर्न मुख्यमन्त्रीलाई पत्राचार गरिएको छ।

गाउँपालिकाले सोमबार पत्र पठाउदै दुई दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको हो ।

दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ भने शैल्यशिखर क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ ।