आर्थिक

सुनको भाउ आज पनि बढ्यो, चाँदी स्थिर

By खबरहब

October 05, 2023

काठमाडौँ– सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रो दिन पनि स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।