ब्रेकिङ स्टोरी

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

By खबरहब

October 05, 2023

काठमाडौं– देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई मंगलबारनै पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगी गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मासिक-त्रैमासिक र वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले उनीविरूद्ध उजुरी दिएका थिए ।

चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।