देश/प्रदेश

कार र मोटरसाइकल एकआपसमा ठोकिँदा पैदलयात्रीको मृत्यु

By खबरहब

October 05, 2023

भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९  नं. को  कार एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कार अनियन्त्रित हुँदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ राधेराधे बस्ने वर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।  

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने वर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।