ब्रेकिङ स्टोरी

पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास

By खबरहब

October 05, 2023

जनकपुर । धर्मगुरु आचार्य  श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई ५०० रुपैयाँ जरिवाना लिएर छाड्न आदेश दिएका थिए ।

असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्‍यालीमा श्रीनिवासाले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै आलोचना भएको थियो । उनलाई मंगलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।