अपराध

बैकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

By खबरहब

November 05, 2023

काठमाडौं – बैकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १८ स्थायी घर भइ काठमाडौंको कलंकी बस्ने गणेशमान श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका – ८ चागाथली बस्ने राम कुमार जैरु दमाई रहेका छन् ।

अम्बर बहादुर राईको जाहेरीमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले सात दिन कैद र २० लाख रुपियाँ बिगो जरिवाना तोकी फरार रहेका श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी, जितेन्द्र बहादुर गलानको जाहेरीमा बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी जैरुलाई प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन ललितपुरले उनलाई एक दिन कैद र बिगो तीन लाख रुपियाँ जरिवाना तोकेको थियो ।