अन्तर्राष्ट्रिय

गाजा–इजरायल युद्धमा ६३ पत्रकार मारिए : सीपीजे

By खबरहब

December 05, 2023

गाजा– गत अक्टोबर ७ देखि सुरु भएको हमास–इजरायल युद्धका क्रममा अहिलेसम्म ६३ जना सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समिति (सीपीजे)ले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको जनाएको छ ।

अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको मृत्युसमेत समावेश छ।

यसरी मारिने पत्रकारमा ५६ प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेको बताइएको छ ।

सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’