विविध

रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी

By खबरहब

December 05, 2023

काठमाडौं – व्यवसायीक घराना रमेश कर्प र ट्राभल एजेन्सी बोन्जोय ट्राभलबीच साझेदारी भएको छ । ट्राभल सेवा उत्कृष्ट बनाउने उदेश्यका मंगलबार दुवै पक्षले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै कम्पनीले सम्झौतापछि आफ्ना हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत,निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रासँग सम्बन्धित सेवाहरू प्रदान गरिने लक्ष्य रहेको बताएको छ ।

यो सहकार्यपछि सेवाग्राहीहरुले झण्झट–मुक्त किसिमले टिकटिंग सुबिधाहरु, निपुण भिसा सहायता, टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिंगदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवा पाउने बताइएको छ ।

कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले आफ्ना हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्नका लागि बोन्जोय ट्राभल प्रालिसँग सहकार्य गरेको बताए ।