अन्तर्राष्ट्रिय

श्रीलंकामा पछिल्लो पुस्ताको भविष्य नै अन्धकार

By मनोज घिमिरे

January 06, 2023

काठमाडौँ – आर्थिक दुरावस्थाको अस्तव्यस्त श्रीलङ्काका धेरै समाचार प्रकाशमा आएका छन्। इन्धनको अभाव, खाद्यान्नको अभाव तथा ऊर्जा समस्याका धेरै समाचार प्रकाशमा आए। अहिले ती कथाहरूमा धेरै दर्दनाक कथाहरू थपिएका छन्।

यी समस्यामा अहिले थप समस्या थपिएका छन्। धेरै अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय पठाउन नसक्ने अवस्थामा पुगेका छन्। यसले श्रीलङ्काको पछिल्लो पुस्ताको भविष्य कता भन्ने प्रश्न उठ्न थालेको छ।

धेरै बच्चाहरू त विद्यालय जान नपाएर रमाएका छन्। उनीहरूलाई के थाहा उनीहरूको त्यो रमाइलोसँगै अनिश्चित र कहाली लाग्दो भविष्य जोडिएको छ भन्ने कुरा। त्यसै अनिश्चित भविष्य बोकेर विद्यालय जाने समयसम्म ओछ्यानमै रमाएकी थिइन्, १० बर्सिया माल्की।

माल्कीको फेरी विद्यालय जाने दिन आएको छ। माल्की आफ्ना दुई बहिनी र भाइ भन्दा पहिले नै उठेका थिइन्। उठेर औलमा चम्किलो रङको पालिस लगाउन उनी तयार भइन्। उनी धेरै दिन पछि विद्यालय जाँदै छिन्। तर, उनको भाइ र बहिनी घरमा नै बस्ने भएका छन्। उनको परिवारले उनलाई मात्र विद्यालय जानका लागि सहयोग गर्ने भएको छ।

स्वतन्त्रता पछि यताको समय मध्ये ६ महिना अघिको समय श्रीलङ्काका लागि चरम आर्थिक दुरावस्थाको समय थियो। बढ्दो बेरोजगारी र मूल्य वृद्धिका कारण त्यहाँको जनजीवन अस्तव्यस्त नै भएको हो।

माल्कीकी आमा प्रियन्थीकाले सबै बच्चाहरूलाई विद्यालय जान नदिएरै भए पनि दाउरा बेच्ने काम गरेकी छिन्। यसै कामले उनको जीवनको गुजारा चलाउन अलिकति सहयोग गरेको छ। कीर्तिमानी ९५ प्रतिसतको मुद्रास्फीतिसँगै श्रीलङ्काको मूल्य सबै भन्दा बढी भएको छ। माल्कीको सबै परिवार निराहार नै बसेका दिन पनि थिए।

श्रीलङ्कामा विद्यालय शिक्षा निःशुल्क छ। तर, दिउसो खाजा त दिनै पर्ने छ। यसमा विद्यालयको पोसाक र स्टेसनरीको मूल्य त भई नै हाल्यो। यी सबै कारणले प्रियन्थीकाका लागि छोरी पढाउनु अत्यन्त कठिन हो।

उनले एक बच्चा फेरी विद्यालय पठाउन चाहेमा श्रीलङ्काली ४ सय रुपैयाँ आवश्यक पर्ने बताएकी छिन्। कोठामा एउटै ओछ्यानमा घरका सबै सदस्य मिलेर सुत्ने परेको पिडा सुनाउँदा उनका आँखाबाट आँसुका बलिन्द्र धारा बग्ने गरेका छन्।

उनले सबै बच्चा विद्यालय पठाउन कुनै सम्भावना नै नभएको कुरा बताएकी छन्। माल्कीले गत वर्ष सिलाएको युनिफर्म र जुत्ता यस वर्ष पनि ठिक भएका कारण विद्यालय खर्च उनको कम भएको हो। यसै कारण अन्य भाइ र बहिनी भन्दा उनी प्राथमिकतामा परेकी हुन्।

माल्कीकी बहिनी डुलान्जली ओछ्यानमा बसेर रुने गरेकी छिन्। उनी आफ्नो विद्यालय जाने पालो नआएको भन्दै रोएकी हुने। बिहान सूर्योदयसँगै सेतो सर्ट लगाएका बालकहरू मोटरसाइकलको पछि लाग्दै विद्यालय तर्फ कुँदेको दृश्य देख्न सकिन्छ। यसै सहरमा पराक्रम विरासिगको आफ्नै अनुभव र कथाहरू छन्।

कोलम्बोको कोथेना केन्द्रीय माध्यमिक विद्यालयका प्रधानाध्यापक उनले प्रत्येक दिनको खस्कँदो आर्थिक दुरावस्था देखेका छन्। “बिहानको प्रार्थना समयमा नै बच्चाहरू भोक सहन नसकेको ढलेको दृश्य स्वाभाविक भई सकेको छ ”, ती प्रधानाध्यापकले त्यहाँको टिठलाग्दो अवस्थाका बारे बताए।

विरासिंगेले प्रत्येक शिक्षकलाई खाजाको व्यवस्थाका लागि सचेत गराउनु अगाडी विद्यालयको उपस्थित ४० प्रतिसतमा झरी सकेको बताए। यो खाजाको अभियानले बिस्तारै विद्यालयमा उपस्थित गराउन सहज हुने उनको अनुमान छ।

सिलोनको शिक्षक युनियनका महासचिव जोसेफ स्टालिनको दुखेसो पनि कम्तीको छैन। धेरै अभिभावकले आर्थिक समस्याको कारण छोराछोरीको पढाइ छुटाएकोमा सरकारलाई कुनै चासो नभएको उनको गुनासो छ।

“हाम्रा शिक्षकहरू पनि खाली लन्च बक्स अगाडी राखेर बस्ने हुन्। तर पनि उनीहरू भन्दा धेरै पीडित त बच्चाहरू नै छन्,”,स्टालिनले भने। उनको विचारमा श्रीलङ्काली सरकारले यस समस्यालाई चासो नदिए पछि युनिसेफले यसमा चासो दिनु पर्ने हो।

युनिसेफले मुद्रास्फीतिका कारण चामलको मूल्य बढे पछि सबैलाई खुवाउन कठिन भएको जनाइसकेका छ। श्रीलङ्काको यसै समस्याका कारण देश भरी नै पढाइ त्याग्ने बच्चाको सङ्ख्या बढ्दे जाने अनुमान गरिएको छ।

सरकारले यो समस्याको समाधान गर्न नसके पछि अन्य धेरै सहयोगी संस्थाको भूमिका महत्त्वपूर्ण हुने भएको छ। समाता सराना एउटा क्रिस्चियन संस्था हो। यसले तीन दशक देखि श्रीलङ्काका गरिब बच्चाहरूलाई भोजन गराउँदै आएको छ। अहिले पनि यसले तयार पार्ने गरेको प्याकेटका लागि धेरै विद्यालयका बच्चाको हारालुछ नै हुने गरेको छ।

त्यस संस्थाले दैनिक २ सय जनालाई भोजन गराउने गरेको छ। यो पर्याप्त भने होइन। “उनीहरूले हामीलाई खान, बस्न, विद्यालयको स्टेसनरी सामान लगायत सम्पूर्ण कुरा उपलब्ध गराएका छन्। यस कारण हामी पढाइलाई निरन्तरता दिन सफल भएका छौ”, लाइनमा उभिएका पाँच वर्षीय बालक मनोजले भने।

माल्कीले भने धरै लामो समय पछि स्कुलबाट फर्केर आउँदा खसीको सीमा नै थिएन। आफ्ना साथीहरूलाई भेटेर आउँदाको खसी बिछट्टै थियो। तर, उनमा फेरी समस्या थपिएको छ। विद्यालयका लागि थप कापी चाहिएको छ। अन्य प्रोजेक्ट वर्कका लागि आवश्यक पर्ने सामग्रीका लागि शिक्षकले पैसा पनि मागेका छन्।

त्यो परिवारसँग धेरै कुरा छ। तर, पैसा भने छैन। हरेक दिन छाक टार्नमा मात्र त्यो परिवार केन्द्रित हुन थालेको छ। गत वर्ष देखि श्रीलङ्काको आर्थिक अवस्था धेरै नै समस्याग्रस्त थियो। अप्रिल देखि जुलाई को बिचमा त हरेक दिन सडकमा प्रदर्शन हुने गरेका थिए। त्यसै समय देखि नै मानिसहरू दैनिक समस्यासँग जुधिरहेका थिए।

जुन महिनामा नै बसहरू राम्रोसँग चल्न छाडेका थिए। बस र ट्रेन लगायतको कुरा पेट्रोलियम पदार्थको अभावको कारण चल्न कम भए पछि देश भरी खाद्यान्न अभाव र मूल्य वृद्धिको समस्या देखिएको हो। जुन महिनामा नै विद्यालय बन्द भई सकेको थियो, धेरै कार्यालयमा वर्क फ्रम होमको अवधारणा लागु भइसकेको थियो।

मे महिनामा विदेशी ऋणका कारण श्रीलङ्का बाहिर निस्कनै नसक्ने अवस्थामा पुगी सकेको थियो। वर्ष २०२२ को सुरुवात मै विदेशी लगानीकर्ताहरू भाग्ने अवस्था आइ सकेको थियो। कुनै पनि लगानीकर्ता त्यहाँ सुरक्षित थिएनन्। त्यही समयमा जन विद्रोह रोक्नका लागि पश्चिमी भेगमा त कर्फ्यु लगाइएको थियो। श्रीलङ्काको जनताको भोकको पिडाका अगाडी राज्यका कानुन र कडा कर्फ्यु नै अर्थहीन बनेको थियो।

श्रीलङ्काली सरकारले सन् २०२० देखि यता कोरोना महामारीको कारण देशको अवस्था खराब भएको जनाएको छ। श्रीलङ्कामा सन् २०१९ को भएको भयावह बम आक्रमण पनि एउटा कारण भएको सरकारले जनाएको छ। त्यसै आक्रमणका कारण पछिल्लो समयसम्म विदेशीहरू श्रीलङ्का प्रवेश गर्न डराए पछि पर्यटन उद्योग नै धारासायी भएको थियो।

तर, धेरै समीक्षकहरू सरकारको अव्यवस्थापन एउटा प्रमुख कारण भएको बताउँछन्। सन् २००९मा गृह युद्ध भए पछि श्रीलङ्काले वैदेशिक व्यापार बढाउनुको साटो खाद्यान्नको वितरणमा आफूलाई केन्द्रित गरेको थियो। यसले निर्यातको मात्रा घटाएको थियो भने आयातको ऋण चुलिँदै गएको थियो।

यसै समस्यामा चिनिया ऋणको जालोमा फसेको श्रीलङ्कासँग कुनै अत्यावश्यक कुरा खरिद गर्न विदेशी मुद्रा नै थिएन। एक पछि अर्को सहनै नसक्ने समस्याको मारमा परेको श्रीलङ्काको यो पछिल्लो अवस्थाले पछिल्लो पुस्ताको अन्धकार भविष्यको सङ्केत गरेको छ।

(श्रोत : बीबीसी , सीएनएन)