समाचार

स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त

By खबरहब

January 06, 2023

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । 

लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् ।

फुन्जो लामाले सन् २०१८ मा नेपालतर्फबाट सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी गिनिज वुक अफ वर्ल्डमा रेकर्ड कायम गरेकी छिन् ।

उनी हेलिकप्टरमा झुण्डिएर घाइतेको उद्दार गर्ने पहिलो नेपाली महिला लङलाइन रेस्क्यूअर पनि हुन् ।