फाइल फोटो

राजनीति

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

By खबरहब

February 06, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।