राजनीति

कांग्रेस सरकारमा सहभागी हुँदैन : डा‍. कोइराला

By खबरहब

February 06, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । उनले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए ।