ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

By खबरहब

February 06, 2023

काठकाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् ।

यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।